४ जेष्ठ २०८१, शुक्रबार

कृषि टेलिभिजनले सिङ्गो मधेसीको आत्मामा ठेस पुर्‍याएको भन्दै गगनले दिए यस्तो चेतावनी !


गगन थापा

काठमाडौँ, ८ जेठ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कृषि टेलिभिजनद्वारा ‘कोरोना बिर्साउने गफगाफ’ शीर्षकको कार्यक्रममा प्रयोग भएका शब्द र विषय वस्तुले सिङ्गो मधेसी समुदायको आत्मसम्मानमा ठेस पुर्‍याएको छ बताएका छन् ।

पुर्वमन्त्री समेत रहेका नेता थापाले आज ट्वीटरमा एक स्टाटस लेख्दै श्रम गर्नेको अपमान गरेको बताएका छन् । नेता थापाले लेखेका छन्, “कृषि टेलिभिजनद्वारा’कोरोना बिर्साउने गफगाफ’शीर्षकको कार्यक्रममा प्रयोग भएका शब्द र विषयवस्तुले सिङ्गो मधेसी समुदायको आत्मसम्मानमा ठेस पुर्‍याएको छ,श्रम गर्नेको अपमान गरेको छ । कुनै पनि वर्ग,समुदायलाई अपमान र भेदभाव गर्नु संविधान विपरीत हो । यस बारेमा सम्बन्धित निकायको ध्यान जाओस् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !