१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस, एमाले र नयाँ शक्ति ताप्लेजुङले छान्यो उम्मेदवार


असोज २१, ताप्लेजुङ । नेकपा एमालेका प्रचार विभाग प्रमुख तथा केन्द्रीय सचिव योगेश भट्टराई मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट चुनाव लडने भएका छन् । नेकपा एमाले जिल्ला कमिटीको बैठकले सचिव भट्टराईको नाम प्रतिनिधि सभा निर्वाचनका लागि सर्व सम्मत रुपमा टुङ्गो लगाएको हो ।

प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ भने पुर्व संसद तिलकुमार मेन्याङबो (लिम्बु) को नाम तय भएको शनिवार पत्रकार सम्मेलन माझ एमालेले सार्वजनिक गरेको छ । संविधानसभा निर्वाचनमा काठमाडौबाट पराजित भएका भट्टराईले यो पटक नाम गृह जिल्ला ताप्लेजुङमा सारेका थिए ।

यसैबीच प्रदेशसभाको लागि क्षेत्र नंबर १ बाट प्रत्यक्ष तर्फ जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङ, सन्तोस खतिवडा र निर्मला ईजम साथै क्षेत्र नंबर २ बाट संसद डम्बरध्वज तुम्बाहाम्फे र बल बहादुर तामाङको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ को उम्मेद्वार छान्न भने मतदान भएको थियो । मदतानबाट आकांक्षीहरु डम्बरध्वज तुम्बाहाम्फे, गोपाल थोप्रा, बलबहादुर तामाङ र मणिशंकर पोमुले दाबी नछोडेपछि मतदान गर्नुपरेको थियो ।

यस्तै समानुपातिक तर्फ क्षेत्रनंबर १ बाट अम्बिका राजभण्डारी, भरत कुमार गुरुङ, भुपेन्द्र थेबे र राधाकृष्ण पौडेल साथै २ बाट रामप्रसाद सुवेदि, चन्द्रमान वनेम, छिरिङ लामा, होमकुमारी सावा, बुद्धिमान परियार, विर बहादुर माबोहाङ, सन्तोस बराइली र शान्ता आङ्बुहाङको नाम माथिल्लो कमिटिमा सिफारिस गरिएको जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले जानकारी दिए ।

उता नेपाली कांग्रेसले संघको लागि छवी गुरुङ, केशवप्रसाद दाहाल, मिना गुरुङ, गोपाल गुरुङ, यामकुमारी लिम्बुको नाम सिफरिस गरेको छ । समानुपातिकमा सूर्यमान गुरुङ, डिबी राई, भारती गुरुङ, तिलप्रसात सुब्बा, गिता सेन्दाङ रहेका छन् । त्यस्तै प्रदेशका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा लिला बोखिम, गजेन्द्र तुम्याहाङ र युवराज गुरुङ तथा समानुपातिकमा राम कंलिवा, मंगल मेन्याङ्बो, मात्रिकादेवी प्रसाई रहेका छन् ।

क्षेत्र नम्बर २ को लागि भने प्रत्यक्षमा दीपेन्द्रकुमार सेन्दाङ र समानुपातिक प्रताप्रकाश हाङ्गामलाई सिफरिस गरिएको कांग्रेस ताप्लेजुङले जनाएको छ । यस्तै नयाँ शक्ति पार्टी नेपालले संघको लागि प्रत्यक्षतर्फ मनबहादुर लामा र समानुपातिकमा टिकादेवी पोख्रेलको नाम सिफरिस गरेको छ । प्रदेशको लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सञ्चपाल मादेन, समानुपातिकमा कृष्णबहादुर शंकर तथा क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा विशाल लिम्बु र समानुपातिकमा तेम्वावाङ्दी शेर्पा सिफारिसमा परेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !