१४ बैशाख २०८१, शुक्रबार

भारतले एकपक्षीय रूपमा सडक निर्माण गर्नु गलत : डा. भट्टराई


Dr. Baburam Bhattarai डा. बाबुराम भट्टराई

काठमाडौँ, वैशाख २७ । पूर्व प्रधानमन्त्री तथा नवगठित समाजवादी जनता पार्टीका नेता डा. बाबुराम भट्टराईले भारतले एकपक्षीय रूपमा सडक निर्माण गर्नु गलत भएको बताएका छन् । सामाजिक संजाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले लेखेका छन्, ‘कालापानी र सुस्ता क्षेत्रवारे सीमावार्तामा दुवै पक्षले टुंग्याउन बाँकी भनेर मान्दै आएको स्थितिमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गर्नु गलत छ ।’

साथै उनले हाम्रोतर्फ मिडियामा रिपोर्ट आएपछि वा चुनावको वेला मात्र तात्ने र अरू बेला कानमा तेल हालेर सुत्ने कमजोरी छ । यसलाई तुरून्त कुटनीतिक तहमा हल गर भएर सरकारलाई आग्रह समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु