२५ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु


मन्त्रिपरिषद्

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठकमा संसद अधिवेशन बोलाउने बारे छलफल हुने बताइएको छ । सरकारले वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ।

संवैधानिक व्यवस्था अनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्छ । बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !