२० बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच भेटवार्ता


राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली फाइल तस्वीर

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिबार अपराह्न साढे ४ बजे सचिवालय बैठक बस्नु अघि शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच करीव ३५ मिनेट कुराकानी भएको स्रोतले बताएको छ ।

नेकपा सचिवालयको बैठक बेलुका ४ बजेका लागि तोकिएतापनि उक्त बैठक साढे ५ बजेका लागि सारिएको थियो । प्रधानमन्त्रीले सरकारको नियमित कार्यसूची अन्तर्गत राष्ट्रपतिसँग भेट गरेको शीतलनिवास स्रोतले बताएतापनि यो भेटलाई राजनीतिक वृतमा अर्थपूर्ण मानिएको छ ।

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किएपछि प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डसँग केहीबेर अलग्गै कुराकानी गरेका थिए । प्रचण्डसँगको कुराकानी सकिए लगत्तै सचिवालय बैठक सुरु भएको थियो ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरु भएको छ । रमाइलो कुरा त के देखिएको छ भने प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार साँझ सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको छ ।

यो भन्दा अघिका सचिवालय बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिने गरिएको थियो । आज बालुवाटारमा बसिरहेको सचिवालय वैठकमा दुई अध्यक्षको सुधारिएको कुर्सीको ब्यबस्थापनले अर्का नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि खुसी पार्न खोजिएको देखिन्छ ।

बुधबार बसेको सचिवालय बैठकमा प्रचण्डले आफू कार्यकारी अध्यक्ष भनिएपनि भूमिका नदिएको गुनासो गरेका थिए । आज शनिबार बसेको बैठकमा प्रचण्डको आसन फेरिएको छ र ओलीकै लहरमा कुर्सी राखिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक संजालमा नेकपा सचिवालय बैठकमा नयाँ बसाइकाे व्यवस्थापन साथ गरिएको भनी लेखेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि अन्य सचिवालयसँगै राखिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी शनिबारको सचिवालय बैठकमा भने फेरि ओलीसँगै राखिएको छ। शनिबारको प्रधानमन्त्रीको तिब्र भेटवार्तापछि सचिवालय बैठकबाट फेरि ‘सरप्राइज’ निर्णय आउने देखिएको छ ।

अन्तिम समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य मध्ये ओलीका पक्षमा वामदेव गौतम, विष्णु पौडेल, रामबहादुर थापा र ईश्वर पौडेल उभिएपछि सचिवालयमा ओलीलाई बहुमत पुगेको हो । यसका लागि प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर राष्ट्रपति विद्या भण्डारीसँग भेटघाट गरिसकेका छन् ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा बसिरहेको नेकपा सचिवालय बैठकका रोचक तस्वीरहरु

नेकपा सचिवालय बैठक सुरु, ओली प्रचण्डको कुर्सी एउटै लहरमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !