४ आश्विन २०८१, शुक्रबार

पेरुको संविधानसभा र संविधान निर्माण प्रक्रिया


पेरुको संविधानसभा र संविधान निर्माण प्रक्रिया

पृष्ठभूमि : जुलाई १८, १८२१ मा स्वतन्त्र भएको पेरूले सन् १८२१ देखि सन् १९७९ सम्म १० वटा संविधानहरू निर्माण गर्यो । प्रायः सबै संविधानहरूले अध्यक्षात्मक स्वरूपको राज्य व्यवस्थालाई अवलम्बन गर्यो । सन् १८२३ मा वंशानुगत राजतन्त्तको अन्त्य भएको औपचारिक घोषणा गर्यो । सन् १८२३ को संविधानसभाबाट निर्माण गरिएको थियो । संविधानसभा जननताको मतको आधारमा भएको थियो ।

पेरूले अध्यक्षात्मक शासन व्यवस्था अनुसार शक्तिशाली राष्ट्रपतीय पद्धतिलाई अपनाउन पुग्यो । जसको परिणाम निरंकुश राज्यव्यवस्थाको सिर्जना भयो । सन् १९३३ को संविधानले राष्ट्रपतिको अधिकारलाई केही सीमित गरी संसदीय र अध्यक्षात्मक शासन पद्धतिको मिश्रित स्वरूपलाई अपनाउन पुग्यो । राष्ट्रपतिले संसदको सहमतिबिना क्याविनोटका सदस्यहरू नियुक्ति गर्न नसक्ने व्यवस्था गर्यो । यस संविधानको अभ्यासको क्रममा सेनाले सत्ता लिन अवसरहरू खोज्दै थियो । सन् १९६८ मा सेनाको विद्रोहले सैनिक शासन सुरू भयो ।

संविधान निर्माण प्रक्रिया

सन् १९७८ मा लोकतान्त्रिक प्रक्रिया अगाडि बढाउने उद्देश्यले सेनाको सरकारले संविधान बनाउन संविधानसभाको गठन ग¥यो । संविधानसभाले पारित गरेको संविधान जुलाई १२, १९७९ मा संविधानसभाको अध्यक्ष भिक्टर टोरीले हस्ताक्षर गरेपछि लागू गरियो । यस संविधानले फ्रान्सको पाँचौं गणतन्त्रको संविधानका व्यवस्थाहरूलाई धेरै हदसम्म स्वीकार्न पुग्यो । यस संविधानपछि पेरूमा संवैधानिक सरकारको निर्माण हुन सकेन । सङ्कटकालनि घोषणाद्वारा सन् १९८०-१९९३ सम्म मुलुक प्रभावित भइरह्यो ।

लोकतान्ख्त्रिक पद्धतिको निर्माणतर्फ अन्तर्राष्ट्रिय दवाव रहीरह्यो । सन् १९९२ मा राष्ट्रपति फुजीमोरीद्वारा सन् १९७९ को संविधानको निलम्बन र संसद विघटन गरियो । सेप्टेम्बर, १९९२ मा डेमोक्राटिक कन्स्टीच्युयन्ट कंग्रेसद्वारा नयाँ संविधानको मस्यौदा स्वीकार गरियो । यस मस्यौदालाई ३१ अक्टुवर, १९९३ मा जनमत सङ्ग्रहमा पठाउँदा जनमतबाट अनुमोदन भएपछि ३१ डिसेम्बर १९९३ मा नयाँ संविधान लागू गरियो । यस संविधानले १९७९ को संविधानले स्वीकार गरेको सिद्धान्तहरूलाई नै धेरै हदसम्म अवलम्बन गर्न पुगेको देखिन्छ ।

सन्दर्भ सामाग्रीहरू

१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं,  नेपाल ।

२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।

३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।

४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल ।

यो पनि पढ्नुहोस्

कोलम्बियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

एल साल्भाडोरको संविधानसभा र संविधान निर्माण प्रक्रिया

इन्डोनेसियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

लिथुवानियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

नर्वेको संविधानसभा र संविधान निर्माण प्रक्रिया

बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !