२९ बैशाख २०८१, शनिबार

नेकपा सचिवालय बैठक आज साँझ बालुवाटारमा बस्दै


Nekapa Sachiwalaya

काठमाडौं, वैशाख १७  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बुधबार साँझ बस्दैछ । बैठक बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

हिजो मंगलबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलपछि सचिवालयको समय तय भएको हो । यसअघि सोमबार प्रधानमन्त्री ओली र माधव नेपाल पक्षबीच भएको छलफलपछि मंगलबार नै बैठक बस्ने नेपाल पक्षका नेताहरुले बताएका थिए ।

तर मंगलबार बैठक बस्न सकेको थिए। सरकारले ल्याएको दुई अध्यादेशले नेकपामा विवाद बढ्दै गएको छ । बैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको सार्वजनिक भए लगत्तै सचिवालय बैठक बसेको थियो ।

तर, बैठककै बीच राष्ट्रपतिबाट अध्ययादेश जारी भएपछि बैठकको औचित्य सकिएको निष्कर्ष सदस्यहरुले निकालेका थिए । यसबीच अध्यादेश फिर्ता भइसकेको छ । तर, नेकपाको विवाद भने गहिरिँदै गएको छ ।

पार्टीमा स्थायी कमिटी बैठकको माग पनि हुँदै आएको छ । २० जना स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै हस्ताक्षर समेत दुवै अध्यक्षलाई बुझाएका छन् ।

यो पनि पढ्नुहोस्

नेकपाको सचिवालय बैठक भोलि बुधबार बस्ने

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !