६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता जारी रहेको छ । पार्टीभित्र देखिएको गतिरोध हटाउनको लागि दुई अध्यक्ष बीच सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल हुने स्रोतले बताएको छ ।

यसअघि पार्टीका २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए । प्रचण्डसहित सचिवायलयका सदस्यहरूसँग छुट्टाछुट्टै भएको भेटमा प्रधानमन्त्री ओलीले तत्काल सचिवालय बैठक बोलाउन जरूरी नरहेको बताएका थिए ।

यसअघि आज सचिवालय बैठक बस्ने भनिएपनि बैठकको समय अझै टुंगो लागिसकेको छैन । प्रधानमन्त्री ओली र प्रचण्डबीच गत शुक्रबार भेट भएको थियो । वर्तमान नेपालको राजनीति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केन्द्रित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !