८ बैशाख २०८१, शनिबार

नेकपाको सचिवालय बैठक भोलि बुधबार बस्ने 


Nekapa Sachiwalaya

१६ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बुधबार बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएपछि भोलि बुधबार सचिवालय बैठक भोलि साँझ ५ बजे बोलाउने सहमति भएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै १ घण्टा भएको कुराकानीमा दुवै नेताले आ-आफ्ना कुरा राखेको बताइएको छ । यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !