१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, विवादित अध्यादेशबारे छलफल हुने


मन्त्रीपरिषद

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ११ बजेपछि मन्त्रिपरिषद् बैठक बस्दैछ ।

मुख्यत: दल विभाजन सम्बन्धी अध्यादेशको विपक्षमा आफ्नो पार्टी नेकपाका बहुमत सदस्य उभिएपछि र बाहिर समेत चर्को विरोध भई फिर्ता लिन दबाब परिरहेका बेला विवादित अध्यादेशबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आज मन्त्रीपरिषद् बैठक बोलाएको बुझिएको छ ।

सरकारले यही वैशाख ८ गते राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको थियो । पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बस्ने अध्यादेशको नेकपाभित्रै र बाहिर पनि विरोध भइरहेको छ ।

भैँसेपाटीमा बिहीबार नेकपा सचिवालयका शीर्ष नेताहरु भेला भई प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए । फिर्ता नलिए साे विषय पार्टीकाे स्थायी समितिमा छलफलकाे मुद्दा बनाउने बताएका थिए।

बिहीबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागी प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास समेत पुगेका थिए । स्थायी कमिटीमा अध्यादेशको विपक्षमा बहुमत सदस्य उभिएका छन् । आजको बैठकमा लकडाउनबारे पनि निर्णय गर्ने तयारी भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !