२१ बैशाख २०८१, शुक्रबार

देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस् : पूर्वप्रधानमन्त्री भट्टराई


Dr. Baburam Bhattarai डा. बाबुराम भट्टराई

काठमाडौँ, वैशाख १ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विगतमा हामीले सामुहिक रूपमा र हाम्रा शासकहरूले विशिष्ट रूपमा गरेका गल्ती र वदमाशीका कारणले हामीलाई प्रकृतिले हाम्रो जीवनकालको सबभन्दा ठूलो दण्डको रूपमा कोरोना भाइरसको महामारी दिएको बताएका छन् । साथै तपाईं हाम्रो इच्छा निरपेक्ष भई रहने प्रकृतिको नियम पनि भएको बताएका छन् ।

बडो दार्शनिक पारामा नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै डा. भट्टराईले नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्राय: उथलपुथलपूर्ण रहदै आएको पनि बताएका छन् । साथै यो बर्ष त दुई वटा सात ७७ भएको बर्ष हुनाले महाउथलपुथलकारी बर्ष हुनसक्छ भनेर सम्भावित खतराको संकेत समेत गरेका छन् ।

सामाजिक संजाल आफ्नो फेसबुक पेजमार्फत नयाँ वर्षको शुभकामना दिदै उनले फेरि एक पटक एउटा बर्ष ( वि सं २०७६ ) वितेर अर्को बर्ष ( २०७७ ) शुरू भएको अर्थात् हाम्रो जीवनको ३६५ दिन वा ८,७६० घण्टा वा ५२५,६०० मिनेट वा ३१,५३६,००० सेकेण्ड सकिएको छ; हामी त्यति नै समयले मृत्यु नजिक भएको पनि बताएका छन् ।

ब्रह्माण्डको एक मात्र चेतनशील प्राणी मानव (अहिलेसम्म थाहा भए अनुसार ) हुनुको नाताले यो समय हामीले मानव र प्रकृतिको सर्वोत्तम हितमा लगाउन सक्नुपर्ने बताएका छन् । साथै हाम्रो देशका ‘कम्युनिस्ट’को खोल ओढेका आसेपासे पुँजीवादी शासकहरूले थप करप्सन भाइरसको महामारी हामीमाथि थोपरेको आरोप समेत लगाएका छन् ।

अन्तयमा देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस्, सबैको भलो होस् भनेर हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

डा. बाबुराम भट्टराईद्वारा नव वर्ष २०७७ को शुभकामना व्यक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !