२० बैशाख २०८१, बिहिबार

संसदमा एमाले नेता रावलको आपत्ति


भाद्र १९, काठमाडौँ । व्यवस्थापिका–संसदको सोमबारको बैठक सुरु हुनेबित्तिकै समय माग गरी नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणकाक्रममा संविधान संशोधन सम्बन्धमा दिएको वक्तव्यप्रति आपत्ति जन ।

उनले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयककाबारेमा सदनसमक्ष प्रमले जानकारी दिन माग गर्दै निर्वाचन घोषणा भइसकेको अवस्थामा कर्मचारी सरुवा–बढुवा गरेकामा विरोध जनाए ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका रावलले लोकतन्त्रको मूल्य मान्यताविपरीत सरकारले गृह प्रशासन सन्चालन गरेको आरोप लगाउँदै ‘लोकतन्त्र स्वेच्छाचारीरुपमा चल्न सक्दैन, विधि–नियमबाट सन्चालन गर्नुपर्छ’–भने ।

यसपछि सभामुख ओनसरी घर्तीले यसकाबारेमा के भएको हो जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !