२४ बैशाख २०८१, सोमबार

सङ्घ, प्रदेश र स्थानीय तह विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने विधेयक स्वीकृत


शिवमाया तुम्बाहाम्फे

काठमाडौँ, १८ फागुन । प्रतिनिधिसभाले ‘सङ्घ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यही फागुन १५ गते गणपूरक सङ्ख्या नपुगेका कारण निर्णयार्थ प्रस्तुत हुन नसकेको उक्त प्रस्ताव आज प्रस्तुत गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमलसेनाले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !