१४ बैशाख २०८१, शुक्रबार

को हुन् कृषि मन्त्री रामकृष्ण यादव ?


को हुन् कृषि मन्त्री रामकृष्ण यादव ?

पृष्ठभूमि र जन्म

देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट धनुषा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद रामकृष्ण यादवले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । रामचन्द्र पौडेल निकट यादव पार्टीभित्र शालिन र इमान्दार नेताको रुपमा चिनिन्छन् । यादव कांग्रेस नेता रामचन्द्र पौडेल समूहबाट मन्त्रीमा सिफारिसमा परेका हुन् ।

रामवरण यादवको छत्रछायाँमा रहेका यादवले धनुषामा निधी परिवारको विपक्षमा आफूलाई उभ्याएर राजनीति अघि बढाएका थिए । यादवको जन्म वि.सं. २०१९ साल  जेठ ३ गते धनुषा जिल्लाको औरही–७ मा भएको हो । उनका बाबुको नाम जीबछ यादव र आमाको नाम जीबछी यादव हो । उनकी श्रीमतीको नाम शान्ति यादव हो ।  यादवका एक छोरा र तीन छोरी छन् ।

शिक्षा

यादवले अर्थशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

राजनीतिक यात्रा

विमलेन्द्र निधीको काउन्टर दिन रामचन्द्र पौडेल पक्षले उनलाई मन्त्री बनाएको बताइन्छ । धनुषाको राजनीतिमा विमलेन्द्र निधि र आनन्द ढुंगाना पक्षबीच टस्सल छ । विगतमा रामवरण यादव पक्ष र निधि पक्षको लडाई थियो । अहिले यादव पक्षको विरासत आनन्द ढुंगाना र रामकृष्ण यादवहरुले धानिरहेका छन् ।

१.  वि.सं.  २०२९ सालमा नयाँ शिक्षा योजनाको विरोध गर्दै राजनीतिमा प्रवेश ।

२.  २०३३ सालदेखि राजनीतिमा सक्रिय  ।

३.  २०३३ सालमा भूमिगत जीवन, ८ पटक बन्दी जीवन ।

४.  २०३९ रारा क्याम्पसको स्ववियु उपसभापति ।

५.  २०४२ सालको सत्याग्रहमा लामो समय कारावासमा ।

६.  २०४२ सालमा नेविको संघ जिल्ला सभापति  ।

७.  २०४८ मा कांग्रेस क्षेत्रीय सभापति  ।

८.  २०५१ देखि २०५७ सम्म कांग्रेस जिल्ला सचिव  ।

९.  २०५७ देखि ०६४  सम्म  नेपाली कांग्रेसको जिल्ला सभापति   ।

१०.  २०६४ को संविधानसभा निर्वाचनमा निर्वाचित सांसद  ।

११.  पहिलो संविधानसभामा यादव संसदको सार्वजनिक लेखा समितिको सभापति ।

१२. २०७० सालको संविधानसभा निर्वाचनमा धनुषा-२ बाट निर्वाचित ।

१३.  नेपाली कांग्रेस केन्द्रीय सदस्य ।

विदेश भ्रमण

भारत, वेल्जियम, थाइल्याण्ड, जर्मनी, फ्रान्स र स्वीजरल्याण्ड ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !