४ जेष्ठ २०८१, शुक्रबार

नैतिकताका आधारमा राजीनामा दिएँ : गोकुल बाँस्कोटा


गोकुल बास्कोटा

८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए ।

लगतै ट्वीट गर्दै उनले भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’ यसअघि सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाको राजीनामाबारे आफूले अनौपचारिक जानकारी पाएको बताएका थिए ।

लगतै ट्वीट गर्दै उनले भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी आफूले पाएको जिकिर गर्दै यसबारे लिखित जानकारी आउने विश्वास व्यक्त गरेका थिए । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले मन्त्री बाँस्कोटाको राजीनामाबारे जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !