२० बैशाख २०८१, बिहिबार

खोटाङका जनतालाई मन्त्री भएर देखाउने मन छ, तर पदको त्यति लोभ छैन : विशाल भट्टराई


विशाल भट्टराई

राम मगर, माघ २१, काठमाडौँ । खोटाङ जिल्लाका सांसद विशाल भट्टराईले खोटाङ जिल्लाका जनताहरुलाई मन्त्री भएर देखाउने मन भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले काठमाडौंको कोटेश्वरमा मिलन राईको स्मृति दिवस मनाउनको लागि आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै भने, “खोटाङ जिल्लाका जनताहरुलाई सांसद भएर देखाउन पाउँदा कस्तो हुँदोरहेछ भनेर सोचेको थिए । त्यो पनि पुरा भयो । तर जनताहरु सांसद भएर देखाउंदा त्यति खुसि भएको छैन । अब मन्त्री भएर देखाउने सपना छ त्यो पनि अब पुरा हुनसक्छ ।”

“अबको ३ वर्ष जनताको सेवामा निरन्तर लागेर काम गर्छु । अबको केहि हप्तामा पार्टी एकताका सबै प्रक्रियाहरु मिलायर पार्टीलाई अगाडी बढाउनेछु ।” सांसद भट्टराईले भने ।

सांसद भट्टराईले खोटाङका जनताहरु समक्ष मन्त्री भएर देखाउने सपना भएको तर मन्त्री पदको भने त्यति लोभ नलागेको समेत बताए । सांसद भट्टराईको पुर्व स्वकीय सचिव मिलन राईको स्मृति दिवस अहिले माघ २७ गते काठमाडौंमा आयोजना गर्ने भएको छ । राईको खोटाङ जानेक्रममा स्कुटर दुर्घटनावाट मृत्यू भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !