१४ बैशाख २०८१, शुक्रबार

इन्डो प्यासिफिक रणनीतिसँग जोडिए एमसीसी अस्वीकार्य हुने – प्रचण्ड


प्रचण्ड

पुस ५, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इन्डो प्यासिफिक रणनीति (आईपीएस)सँग जोडिए अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्ताव संसद्बाट अनुमोदन नहुने बताएका छन् । संसदमा विचाराधीन अमेरिकी सहयोग सम्बन्धी एमसीसी प्रस्ताव अनुमोदन गर्ने कि नगर्ने भनेर नेकपामा विवाद भइरहेका बेला दाहालले संसदीय दलको बैठकमा शुक्रबार यसबारे बोलेका हुन् ।

नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अनुपस्थित बैठकमा दाहालले आर्थिक विकाससँग मात्र जोडिए एमसीसी अनुमोदन गर्नुपर्ने धारणा राखेका थिए। संसद् अधिवेशनको पहिलो दिन नेकपाले दलको बैठक बोलाएको थियो। ‘आईपीएससँग एमसीसी जोडियो भने स्वीकार गर्न सकिन्न’, दाहालको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘तर, आर्थिक समृद्धि र विकाससँग मात्र सम्बन्धित छ भने स्वीकार गर्न सकिन्छ ।’ दाहालले एमसीसीबारे बुझिरहेको बताएका थिए।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले एमसीसी कुनै अरू देशका विरुद्धमा सञ्चालित हुने कुरा स्वीकार्य नहुने बताए। नेकपाको जारी स्थायी समिति बैठकमा पनि एमसीसी अनुमोदन गर्ने कि नगर्नेबारे दुई धार देखिएको छ। भीम रावल, देव गुरुङ लगायत नेताले एमसीसी संसदबाट अनुमोदन गर्न नहुने धारणा राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !