२३ बैशाख २०८१, आइतबार

राजीनामा गराउनको लागि उपसभामुखकै अध्यक्षतामा हिउँदे अधिवेशन शुरु हुँदै


प्रतिनिधिसभा

३ पुस,काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउपछि उक्त सभामुख पद रिक्त भएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले दावी गरेपनि अन्ततः सभामुख पद नपाउने भएकी छन् । उल्टै उपसभामुख पदवाट राजीनामा दिन पर्ने बाध्यतामा पुगेकी छन् ।

उपसभामुख तुम्बाहाम्फेकै अध्यक्षतामा प्रतिनिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक शुरु हुँदैछ । संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने अडान लिएपछि नेकपाले शुक्रबारको बैठक उपसभामुखकै अध्यक्षतामा गर्ने भएको हो ।

पहिलो बैठकको शुरु गरेरमात्र राजीनामा दिने उनको चाहना अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङले सहजीकरण गरिदिएको नेकपा स्रोतले जनाएको छ । नेकपा स्रोतका अनुसार पहिलो बैठकको शुरुवात गरेर सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा दिनेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !