२३ बैशाख २०८१, आइतबार

उपसभामुख तुम्बाहाम्फेले सभामुख पद नपाउने, उपसभामुखवाट राजीनामा दिन बाध्य


शिवमाया तुम्बाहाम्फे

३ पुस,काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउपछि उक्त सभामुख पद रिक्त भएपछि उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले दावी गरेपनि अन्ततः सभामुख पद नपाउने भएकी छन् । उल्टै उपसभामुख पदवाट राजीनामा दिन पर्ने बाध्यतामा पुगेकी छन् ।

उपसभामुख तुम्बाहाम्फेकै अध्यक्षतामा प्रतिनिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक शुरु हुने भएको छ । संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने अडान लिएपछि नेकपाले शुक्रबारको बैठक उपसभामुखकै अध्यक्षतामा शुरु हुने भएको छ ।

पहिलो बैठकको शुरु गरेरमात्र राजीनामा दिने उनको चाहना अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङले सहजीकरण गरिदिएको नेकपा स्रोतले जनाएको छ । नेकपा स्रोतका अनुसार पहिलो बैठकको शुरुवात गरेर सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा दिनेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !