१४ बैशाख २०८१, शुक्रबार

नेकपाको सचिवालय बैठक बस्दै


meeting

१ मंसिर,काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको तयारी गरिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आइतबार अपरान्ह ४ बजे बस्दैछ । यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग मन्त्रिपरिषद पुनर्गठन र पार्टी सञ्चालनका सन्दर्भमा लामो छलफल गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्नेछन् । मन्त्री हेरफेर र प्रधानमन्त्री ओलीको अमेरिकामा हुन लागेको मिर्गौला प्रत्यारोपण हुने स्रोतले जनाएको छ । बाहिरिने र भित्रिने मन्त्रीहरुको टुंगो आजको सचिवालय बैठकले लगाउन सक्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !