४ जेष्ठ २०८१, शुक्रबार

अर्को साता मन्त्रिपरिषद् पुनर्गठन हुँदै, को-को मन्त्री हट्दै छन् ?


Prime-Minister-and-Council-Minister

२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई सामुहिक राजीनामा दिन लगाएपछि मन्त्रिपरिषद्का सदस्यहरु पनि त्रसित छन् । प्रधानमन्त्री ओली पछिल्लो समय निकै सक्रिय देखिन थालेका छन् । केहि हप्ता अगाडी स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पतालमा भर्ना भई डिस्चार्ज भएपछिका दिनहरुमा ओलीले लगातार सक्रिय भएका छन् ।

प्रदेश प्रमुखलाई पदमुक्तदेखि नँया प्रदेश प्रमुख, त्रिवि उपकुलपति र मेडिकल काउन्सिलको अध्यक्ष नियुक्ति गरिसकेका छन् । अबको केहि सातापछि पनि मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । पार्टी पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डसहित शिर्ष नेताहरुवीच छलफलपछि केहि हप्तापछि ६ जना मन्त्रीहरुलाई हटाउने र अरु प्रभावशाली नेताहरुलाई मन्त्री बनाउने भएका छन् ।

उच्च स्रोतका अनुसार कृषिमन्त्री चक्रपाणि खनाल, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुद मन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादवलाई बिदाई गर्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !