१४ बैशाख २०८१, शुक्रबार

भक्तपुर–१ (क) मा २१ उम्मेदवारको मनोनय दर्ता, कसले जित्ला त ?


२१ काठमाडौं, भक्तपुर । भक्तपुर–१ (क) मा उपनिर्वाचनका लागि ११ राजनीतिक दल र १० जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर १४ गते हुने प्रदेशसभा निर्वाचनका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट देवीप्रसाद ढकाल (डीपी), नेपाली काँग्रेसबाट कृष्णलाल भडेँल, समाजवादी पार्टीबाट सुदर्शनकुमार मुनकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, साझा पार्टीबाट सुरज प्रधान, नेपाली काँग्रेस (बीपी)बाट मधुसुदन न्यौपाने, आमुल परिर्वतन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामा, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजु, राप्रपा (संयुक्त)बाट रामशरण लामिछाने र राप्रपाबाट श्याम प्रसाद नेपालले आफ्ना उम्मेदरको मनोनयन दर्ता गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारहरुमा कृष्णप्रसाद ह्युगो, अर्जुन कोजु, जीवन नेपाली, कष्णराम पोतामाह, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, जीवनचन्द अधिकारी, संगीता पौडेल आर्चाय, सुजता देउजा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !