१४ बैशाख २०८१, शुक्रबार

यस कारण महराको थुनछेक बहस सकिएन


१७ कात्तिक, काठमाडौँ । कृष्णबहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् ।

यौन दुर्व्यवहार गरेको आरोपमा गत १९ गते सभामुख निवासवाट पक्राउ परेका महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समयाभावका कारण थुनछेकबहसलाई सोमबारपनि निरन्तरता दिइने भएको हो । महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् भने नेपाल सरकारको तर्फबाट आज ४ जनाले बहस गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !