१४ बैशाख २०८१, शुक्रबार

१७ विभाग थप्ने देउवाको प्रस्ताव, पौडेल पक्ष रुष्ट


ramchandra poudel

१० कात्तिक, काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको सङ्ख्या २८ बाट बढाएर ४५ वटा पु¥याउने प्रस्ताव गरेका छन् । हाधिवेशसनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।

कांग्रेसमा देउवाले १७ वटा विभाग थप्न प्रस्ताव गरेपछि संस्थापन इतरपक्ष रुष्ट बनेको हो । महाधिवेशनलाई केन्द्रीत गरी सभापतिले आफ्ना पक्षका नेताहरुलाई व्यवस्थापन गर्न यस्तो प्रस्ताव ल्याएको भन्दै इतरपक्षले विरोध जनाएको छ ।
विभाग बढाउने कि नबढाउने भन्ने विवादले बिहीबारको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !