२३ बैशाख २०८१, आइतबार

महराको गल्तीको दोष आफूलाई थुपारेर ‘बलिको बोको’ जस्तै बनाएको भन्दै उपसभामुखको गुनासो


kqsf/;Fu 5nkmn ub}{ pk;efd’v k|ltlglw;efsf pk;efd’v 8f= lzjdfof t’DafxfDkm] cfOtaf/ laxfg df]/ªsf] pnf{af/Lsf kqsf/x?;Fusf] 5nkmn sfo{qmddf cfkmgf] ljrf/ /fVb} . t:jL/ – ;’dg l3ld/], pnf{af/L -df]/ª_ /f;;

२९ असोज, काठमाडौं । सत्तारूढ नेकपाबाटै सभामुख पदमा रहेका कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि पदवाट राजीनामा दिएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे संकटमा पर्नुभएको छ ।

यौन दुर्व्यवहारको आरोपमा गत १९ गते महरा पक्राउ परेपछि सभामुख पद रिक्त भएको हो । उक्त पदको लागि भने नेकपाले नछोड्ने निर्णय गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने भएपछि यसअघि प्रतिपक्ष नेपाली कांग्रेशले आवाज उठाउदै आएको थियो ।

तर नेकपाले नेकपाले उपसभामुख पद समाजवादी पार्टीलाई दिएर नयाँ सभामुख आफ्नै दलको राख्ने तयारी गरेको छ । नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको थियो । स्रोतका अनुसार छलफलपछि उपसभामुख तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने निचोड निस्किएको छ ।

सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको दोष आफूलाई थुपारेर ‘बलिको बोको’ जस्तै बनाएको भन्दै उपसभामुख तुम्बाहाम्फे गुनासो गर्दै आउनुभएको छ । उपसभामुखले सभामुखको पहिलो दाबेदार उपसभामखु हुनु स्वाभाविक भन्दै प्रधानमन्त्रीसँग पनि त्यही तर्क अघि सारेकी छन्। ‘प्रधानमन्त्रीसँग सभामुख पदमा आफ्नो दाबी स्वाभाविक भएको उहाँले बताउनुभयो’, स्रोत भन्छ, ‘मलाई उपसभामुख छाडेर मन्त्री बन्ने रहर छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !