२६ बैशाख २०८१, बुधबार

नेपाल–चीन प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु


meeting

२६ असोज, काठमाडौं । नेपाल र चीनको उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सुरु भएको छ । राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वार्ता सुरु भएका छन् ।

ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन् । राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत छन् । वार्तापछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !