१४ बैशाख २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने


china-president-xi-jinping

२२ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ र २६ गते नेपाल भ्रमण गर्न आउने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमण आउन लागेको हो । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !