१४ बैशाख २०८१, शुक्रबार

महरालाई नपक्रन दबाब


Krishna Bahadur Mahara

असोज १८, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्ने कि नगर्ने ? प्रहरी दुविधाग्रस्त देखिएको छ । ‘लिखित उजुरी नआई कसरी समात्ने ? ’, उच्च स्रोत भन्छ, ‘भोलि अदालतमा जाहेरवाला खोइ भनेर खोजी हुन्छ। प्रहरी प्रतिवेदनले मुद्दा चलाउने हो भने पनि घटना वारदातमा प्रहरी थिएन । त्यसैले कानुनी कारबाहीको बाटो साँघुरिएको हो ।’

महरालाई तत्काल पक्राउ नगर्न नेकपाको पूर्वमाओवादी नेता र सरकारको दबाब रहेको स्रोत बताउँछ । ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डकै सुझावमा महराले सभामुखबाट राजीनामा दिएका हुन्’, ती स्रोत भन्छ, ‘तर, महरालाई पक्राउ गरेर छानबिन नथाल्न पार्टीभित्रकै दबाब छ । यसले पनि हामीलाई दुविधा गराएको हो ।’

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार महरालाई पक्राउ मात्रै नगरिएको हो । उनलाई अभियुक्तसरहकै व्यवहार प्रहरीले गरिरहेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !