२४ बैशाख २०८१, सोमबार

मन्त्रिपरिषद्को बैठक औपचारिक कि अनौपचारिक ?


१८ भदौं, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू मंगलबार दिउँसो करिब १ बजेको आसपासतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जम्मा भए। जम्मा भएको केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली इन्टरनेटको भिडियो सर्भिसमा देखिए ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलसहित मन्त्रीहरूले सञ्चो–विसञ्चो सोधे । त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पनि मन्त्रीहरूको काम–कारबाहीबारे चासो राखे ।

स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच यस्तो कुराकानी भएको थियो ।

तर, यसलाई मन्त्रिपरिषद्को बैठक भनिएन । प्रधानमन्त्री ओलीले दोस्रोचोटि सिंगापुरबाट आफ्नो क्याबिनेटका सदस्यहरूसँग सरकारका कामबारेमा छलफल गरे । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै भने– ‘उहाँले आफ्नो उपचारबारे जानकारी दिनुभएको छ ।

मन्त्रीज्यूहरूले आफ्नो कामबारे प्रमलाई अपडेट गर्नुहुने योजना ।’ भदौ ९ गते भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीलाई प्रधानमन्त्री स्वयं र राजनीतिक सल्लाहकार रिमालले मन्त्रिपरिषद्को बैठक भनेका थिए ।

यसले गर्दा त्यसको वैधानिकता, सुरक्षालाई लिएर संसद् हुँदै सार्वजनिक सभा, समारोहमा समेत टीका–टिप्पणी भएको थियो । प्रमुख प्रतिपक्षी कांग्रेसले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै विरोध गरेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !