२१ बैशाख २०८१, शुक्रबार

पाँच नम्बर प्रदेश टुक्राउने प्रस्तावको विरुद्ध बुटवलमा विशाल प्रदर्शन


butwal-protest

बुटवल : सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकमा पाँच नम्बर प्रदेश टुक्राउने प्रस्तावको विरोध शुक्रबार सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिएर गरेका छन्। दलहरुले बुटवलमा आयोजना गरेको सभामा जनसागर उर्लिएको थियो।

बुटवलको ट्राफिकचोकमा आयोजित सभामा सत्तारुढ दलकै नेताहरुले समेत प्रस्ताव अस्वीकार्य भएको भन्दै सरकारको कडा आलोचना गरे।

सभामा बोल्दै एमाले उपमहासचिव विष्णु पौडेलले प्रस्तावको औचित्य पुष्टि गर्न प्रधानमन्त्री जनताका माझमा आउन आग्रह गरे। उनले प्रचण्डले अरु कसैको आदेश तामेली गरेको भन्दै तत्काल प्रस्ताव फिर्ता लैजान आग्रह गरे।

पौडेलले भने—‘ प्रचण्ड पूच्छर लुकाएर भाग्नेवाला छन्।’

butwal-protest-2

माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले कसका लागि प्रदेश टुक्राउन खोजिएको भन्दै सरकारलाई प्रश्न गरे। उनले यो प्रस्ताव आएको देखेर चकित परेको भन्दै ‘बिग्रिने बेलाको बुद्धि’ भनेर टिप्पणी गरे।

रायमाझीले आफू पार्टी भन्दा पनि जनताको पक्षमा हिँडेको भन्दै जनता रहेमा मात्र संसद, जनप्रतिनिधि, मन्त्री वा सरकार रहने बताए।
उनले सबै दल मिलेर यो प्रस्ताव विफल हुने बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु