११ जेष्ठ २०८१, शुक्रबार

आन्दोलनका नेता गुमायौँ : गृहमन्त्री थापा


रामहादुर थापा

चितवन, ३१ जेठ । गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

पञ्चायतकालदेखि सङ्घीय गणतन्त्र स्थापनासम्म पौडेलले देशका विभिन्न ठाउँमा रहेर योगदान पु¥याउनुभएको थापाको भनाइ थियो । नेपाल सरकारको शिक्षामन्त्रीका रुपमा रहेर शैक्षिक विकासमा पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थापाले बताउनुभयो ।

नेपाली समस्त आन्दोलनका एउटा नेताको सङ्ज्ञा दिँदै मन्त्री थापाले पौडेलको निधनबाट सिङ्गो पार्टीमा क्षति पुगेको छ भन्नुभयो । पौडेलको ५३ वर्षको उमेरमा आज बिहान माडीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको थियो । मन्त्री थापा स्व पौडेललाई अन्तिम श्रद्धाञ्जलि दिन यहाँ आउनुभएको हो ।

पौडेलको अन्त्येष्टि आज माडीमा हुँदैछ । उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतमलगायतका नेता चितवन आउँदै हुनुहुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !