१४ बैशाख २०८१, शुक्रबार

अख्तियार प्रमुख कार्कीले भने-‘महाअभियोग फेस गर्छु राजीनामा दिन्न’


Lokman

काठमाडौं ७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की महाअभियोग ‘फेस’ गर्ने तयारीमा लागेका छन् । संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि नेपाल फर्किएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख कार्कीले दुविधा हटाएर महाअभियोग फेस गर्ने बताएका छन् । महाअभियोग फेस गर्ने वा राजीनामा दिने भन्नेमा दुविधा रहेको आइरहेका बेला उनी महाअभियोग ‘फेस’ गर्ने तयारीमा लागेको निकटस्थहरुले बताएका छन् ।

निकटस्थहरुसँग शनिबार साँझ भएको छलफलमा कार्कीले आफु अब महाअभियोग ‘फेस’ गरेर जाने तयारीमा रहेका बताएका हुन् । माओवादी केन्द्रको निर्णय आएपछि आफ्नो निवासमा निकटस्थहरुसँग छलफल गरेका कार्कीले राय मागेका थिए । राय दिने क्रममा फरक फरक आएपछि उनले अब महाअभियोग फेस गरेर अघि बढ्नु अपयुक्त हुने बताए । कार्कीले महाअभियोग फेस गर्ने र सबैतिर आरोपको प्रतिवाद गर्ने बताएको स्रोतले बतायो ।

‘कार्की अब संसद र सडक जहाँ पनि आफुविरुद्धको आरोपको प्रतिवाद गरेर अघि बढ्नेमा पुगेका छन् ’ छलफलमा रहेको उनी निकटस्थ स्रोतले भन्यो, ‘ कांग्रेसको आधिकारीक निर्णय आएपछि उनको पनि धारणा बाहिर आउनेछ । ’ कार्कीले दलका नेताहरुका विषयमा भएको भ्रष्टाचाको पनि भण्डाफोर गर्ने र महाअभियोग पनि प्रतिवाद गर्ने बताउन थालेका छन् ।

पहिलो चरणमा उनी दलका नेताहरुलाई प्रभावमा पारेर उनीहरुलाई असफल पार्ने र त्यो सम्भव नभए राजीनामा दिने योजनामा थिए । तर पछि उनी महाअभियोग फेस गर्ने निस्कषृमा पुगेका हुन् । महाअभियोग प्रस्ताव ३६ दिनभित्र टुङ्गोमा पुग्ने भएकाले त्यसअघि नै उनी निर्णयमा पुगिसक्ने तयारीमा जुटेका छन् ।

कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् । उनको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ राजधानीमा सक्रिय भएको छ । दलहरु विभाजित भएपछि कार्कीले कांग्रेस आफ्नो पक्षमा उभिने अपेक्षा गरेका छन् । सभापति शेरबहादुर देउवाले कार्कीले शाही शासन शैली अपनाएको भन्दै आलोचना गरेपनि पार्टीले आधिकारीक निर्णय गरिसकेको छैन । महाभियोग प्रस्ताव पारित भए कार्की्विरुद्ध अकुत सम्पत्ति आर्जन आरोपमा अनुसन्धान गर्ने बाटो खुल्ने छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !