१४ बैशाख २०८१, शुक्रबार

नागरिकता विधेयकविरुद्ध तीन दल


Nepalpatra

बलेवा, ९ जेठ । राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् । केही समयअघि हस्ताक्षर सङ्कलन गरेका ती दलले उक्त विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन माग गरेका हुन् । आज विधेयकविरुद्ध ती दलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पनि बुझाएका थिए ।

नेपालको राष्ट्रियतामा आ“च आउने गरी विधेयक आएकाले विरोध गर्नुपरेको राजमोका अध्यक्ष अमर थापाले बताउनुभयो । अहिले ठूलो सङ्ख्यामा गैरनेपालीले अङ्गीकृत र वंशजका आधारमा नागरिकता लिएको उनीहरुको आरोप थियो । सीमावर्ती क्षेत्रमा त्यस्ता नागरिकता लिने बढी छन् । विसं २०६३ मा ल्याएको ऐनले भित्र्याएको राष्ट्रघातको विस्तारितस्वरुप विधेयकले बोकेको उनीहरुले आरोप लगाए । प्रजिअ लुकबहादुर क्षेत्रीले सो ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा जानकारी गराउने आश्वासन दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !