१४ बैशाख २०८१, शुक्रबार

प्रेस स्वतन्त्रताको सम्मान गर्न रासपा, नेपालको आग्रह


rashtriya

३० वैसाख, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालले आज दिउसो वीरगन्ज स्थित एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालयमा भएको आक्रमण र तोडफोड घटना लोकतन्त्र एवं प्रेस जगतमाथि कै आक्रमण भएको बताएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घट्ना नितान्त अमानवीय भएको भन्दै घोर भर्त्सना गरेको छ । नेपाल सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्धेश्य स्वरुप नयाँ प्रेस विधेयक ल्याउनु र सरकारमा रहेको दलको कार्यकर्ताबाट संचार गृहमाथि आक्रमण गरिनु गम्भिर त्रुटी भएको हुनाले लोकतन्त्र र प्रेस स्वतन्त्रताको सम्मान गर्न हामी सबै पक्षसग आग्रह गर्दछौ भन्ने कुरा उक्त विज्ञप्तिमा उल्लेख छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !