९ जेष्ठ २०८१, बुधबार

विधान सहमतिमै संशोधन हुनु राम्रो : नेता केसी


Arjun

१९ फागुन, विराटनगर । नेपाली काङ्ग्रेका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीलाई निर्देशन र विचार प्रवाह गर्ने विधान सहमतिमा संशोधन हुनु राम्रो हो भन्नुभएको छ ।

नेपाल प्रेस युनियन मोरङशाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “पार्टी महासमितिको निर्णयलाई फेरबदल गर्नु नेतृत्वको कमजोरी हो ।

नेता केसीले काङ्ग्रेसको विधान पूर्णरुपमा समावेशी र लोकतान्त्रिक रहेको उल्लेख गर्दै सङ्घीयताको मूलमर्म सिंहदरबारको अधिकार गाउँसम्म पु¥याउनु रहेको बताउनुभयो ।

“वर्तमान चुनौतीलाई सामना गर्नसक्ने नेतृत्वको कमीलाई पूरा गर्न पार्टीको महाधिवेशन समयमै हुनुपर्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो, “संविधानको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर हुनुपर्छ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु