१५ बैशाख २०८१, शनिबार

वर्तमान सरकारले सहिदहरुको अपमान गरेको रासपाका संयोजक रुद्रजङ पुलामीको आरोप


rudra

१६ माघ, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक नेता रुद्रजङ् पुलामीले सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्मानमा श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय समाजवादी पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा आज सहिद दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा सहिदको तस्विरमा माल्यार्पण गर्दै संयोजक पुलामीले देशमा प्रजातन्त्र स्थापना, निरङ्कुश पन्चायती व्यवस्थाको अन्त्य र गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै संयोजक पुलामीले वर्तमान सरकारले सहिदहरुको अपमान गरेको आरोप समेत लगाउनुभयो ।

सहिदप्रती सरकार इमान्दार बन्न नसकेको, सहिदको सपना पुरा गर्न जनता उठ्नुपर्ने, भ्रष्टाचार, अन्याय अत्याचार र बलात्कार अन्त्य गर्न नसक्नु सहिदको अबमुल्यन भएकोमा चिन्ता व्यक्त गर्नुभयो । यस्ता घट्नाहरुलाई अन्य गरि सुशासन सहितको समृद्ध देश निर्माणमा नँया शिराबाट उठ्न जनतालाई आव्हान गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !