२१ बैशाख २०८१, शुक्रबार

नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठको सक्षिप्त जीवनी


Chinkaji Shrestha

नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठको जन्म वि. सं. २००६ कार्तिक २१ गते गोर्खाको आरुचनौटे २ आरुघाट बजारमा भएको हो । उनका  बाबुको नाम पूण्यप्रसाद श्रेष्ठ  र आमाको नाम दालचिनी श्रेष्ठ हो । उनकी श्रीमतीको नाम सिता श्रेष्ठ (प्रधान) हो । उहाका एक छोरा र एक छोरी छन ।

बिधार्थी जीवनदेखि नै राजनीतिमा लगेका श्रेष्ठ  जहिल्यै जनताका दुखसुखलाई साथ दिएर  हिंड्नुहुन्छ । नेपाली कांग्रेसमा धेरै प्रतिभाशाली र प्रखर नेताको रुपमा मानिएका श्रेष्ठले  कानूनमा स्नातक तह र मानविकी (राजनीतिशास्त्र) मा स्नातकोत्तर तहसम्मको  शिक्षा हाशिल गर्नु भएको छ । विभिन्न पुस्तकहरु प्रकाशन तथा पत्रपत्रिकामा लेखहरु छपाउनु भएको छ ।

वि.सं. २०२६ सालदेखि राजनीतिक जीवन शुरु गर्नु भएका श्रेष्ठले १३ वर्ष शिक्षण गर्नु भएको र  २ वर्ष बन्दी जीवन बिताउनु भएको छ । हाल नेपाली काँग्रेसका प्रमुख सचेतक श्रेष्ठ विगतमा अर्थ सहायक र अर्थराज्य मन्त्री पनि भइसकेका छन् । नेपाली कांग्रेस गोरखाका सभापति रहिसकेका श्रेष्ठ २०४८ सालमै नेपाली काँग्रेस संसदीय दलमा सचेतक तथा २०४८ र २०५१ सालमा प्रतिनिधि सभाको निर्वा्चित सदस्य हुनु भएको थियो । आफ्नो पार्टीमा होस वा ससदमा उल्लेखनीय भूमिकामा रहेका श्रेष्ठ ब्यबस्थापिका ससदको संसदीय सुनुवाई विशेष समितिमा कांग्रेसबाट  सदस्य रहेका छन् ।

धेरै सामाजिक सस्थाहरुबाट सम्मानित श्रेष्ठ नेपाली कांग्रेसमा भावी नेतृत्व तहसम्म आउन सक्ने सम्भावना भएका कुशल नेताका रुपमा मानिन्छन । उहाले  भारत, पाकिस्तान, थाइल्याण्ड, श्रीलंका, हङकङ्ग, जापान, जर्मनी, वेल्जियम, लक्जम्वर्ग, स्वीजरल्याण्ड, फ्रान्स, वेलायत र अमेरिका जस्ता देशहरुको भ्रमण गर्नु भएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु