२६ बैशाख २०८१, बुधबार

संविधान संशोधनको प्रस्ताव अघि बढाइने


upendra yadav

७ मङ्सिर, चितवन । उपप्रधानमन्त्री एव्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अबको संसद् बैठकबाट संविधान संशोधनको प्रस्ताब अघि बढाइने बताउनु भएको छ ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अहिले आफूहरु तत्काल सरकारबाट बाहिरिने नभई अबको बैठकमा संशोधन प्रस्ताब लैजाने बताउनु भएको हो । पार्टी सरकारमा भएका कारण संविधान संशोधनको मुद्दा ओझेलमा नपरेको जानकारी दिनुभयो । अहिले संविधान संशोधन प्रक्रियामा रहेको उहाँको भनाइ थियो ।

स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने विषयमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि काम भइरहेको जानकारी गराउनुभयो । सरकारी अस्पतालमा उपचारको गुणस्तर सुधार गर्ने पक्षमा सरकार अघि बढेको उहाँले बताउनुभयोे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !