२४ बैशाख २०८१, सोमबार

मन्त्रालयमा कुरा मिल्यो कांग्रेसलाई १३, माओवादीलाई ८ मन्त्रालय


deuba-prachanda

काठमाडौँः सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले मन्त्रालयको भागबण्डामा सहमति गरेका छन् ।

दुई दलका शीर्ष नेताको बानेश्वरमा बसेको बैठकले मन्त्रालय भागबण्डामा सहमति गरेका हुन् । सहमति अनुसार कांग्रेसले १३ मन्त्रालय पाउने छ भने माओवादीले ८ मन्त्रालय राख्ने छ ।

कांग्रेसको भागमा गृहसहित, रक्षा, परराष्ट्र, शिक्षा, स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात, शान्ति र खानेपानी तथा पर्यटन मन्त्रालय परेका छन् भने माओवादीले प्रधानमन्त्रीसहित, अर्थ, सूचना तथा सञ्चार, युवा तथा खेलकुद, वन, ऊर्जा, कानुन र सहकारी मन्त्रालय राख्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !