२२ बैशाख २०८१, शनिबार

अबको सरकारले अहिलेको बाटोबाट दायाँबायाँ गर्न सक्दैन: प्रधानमन्त्री ओली


PM KP Sharma Oli

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले निर्धारण गरेको बाटो हिँड्न अब बन्ने नयाँ सरकार बाध्य हुने बताउनुभएको छ । एभिन्यूज टेलिभिजनको नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – “अहिलेको भन्दा बाटो दायाँबायाँ ग¥यो कि जनताले थाहा पाइहाल्छन् ।”

उहाँले आफ्नो कार्यकालमा मुर्छित सपनाहरुलाई ब्यूँझ्याउने काम भएको पनि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – “मुलुकलाई एकातिरको निर्भरताबाट बाहिर निकालेर फराकिलो बाटोमा ल्याएका छौँ, सगरमाथाको टाकुराबाट विश्वलाई हेर्नसक्ने भएका छौँ ।”

वर्तमान सरकारले युरेनियम, फलामखानी, पेट्रोलियम खानी, नुनखानी पत्ता लगाएको र अब त्यसको उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो – “हाम्रो देशको माटो, ढुङ्गामा समेत बहुमूल्य धातु पाइन्छ, यो देश हिरा, रत्न र मणीको खानी भएको देश हो ।”

आफूले रेलको कुरा गर्दा कसैले जिस्काए पनि निकट भविष्यमा नेपाली जनताले रेल चढ्न पाउने कुरालाई उहाँले दोहो¥याउनुभयो । उहाँले नवलपरासीमा फलामखानीको पहाडै भएपनि सियोदेखि फालीसम्म विदेशबाट ल्याउनुपर्ने अहिलेको बाध्यताबाट मुक्त हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

सरकारले जनमुखी कार्यक्रम ल्याएपछि केही पार्टीका नेताले आफ्नो पार्टी अब साइनबोर्डमा मात्रै सीमित हुने चिन्ता व्यक्त गरेको पनि प्रधानमन्त्रीले खुलासा गर्नुभयो । उहाँले भन्नुभयो – “हामीले जनता आवास कार्यक्रममार्फत गरिब जनतालाई २० हजार घर वितरण तथा सिँचाइको व्यवस्था गर्दै थियौँ, अनि अरुलाई निद्रा लाग्छ त ?, उनीहरुको नीँद हराम भयो ।”

कार्यक्रममा राष्ट्रको आर्थिक विकास, दूरगामी सोच, योजनाबद्ध विकासको खाका ल्याएकामा उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीलाई टेलिभिजनका तर्फबाट अध्यक्ष भास्करराज राजकर्णिकारले सम्मानपत्र हस्तान्तरण गर्दै सम्मानित पनि गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति र स्रस्टाहरुलाई समेत सम्मानित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !