११ जेष्ठ २०८१, शुक्रबार

गच्छदारका कारण चर्कियो गठबन्धनमै विवाद, प्रचण्ड भन्छन्–सरकारमा ल्याउने हो,कांग्रेस भन्छ,हुँदै हुन्न्


Bijay Gachhadar Bijay Gachhadar

अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस–माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको छ।

ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई नल्याउने सहमतिविपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा पूर्ववत् पद दिएर सहभागी गराउने सहमति गरेपछि दुई दलबीच विवाद बढेको हो।

प्रचण्डले बिहीबारको छलफलमा सरकारमा सहभागी हुन र उपप्रधानमन्त्रीसहित पुरानै मन्त्रालय लिन गच्छदारलाई प्रस्ताव गरेपछि कांग्रेस नेताहरुले आपत्ति जनाएका छन्। कांग्रेसले फोरम लोकतान्त्रिलाई सरकारमा सहभागी गराउनै नहुने अडान राखेको छ।

प्रचण्ड जसरी पनि सहभागी गराउने र कांग्रेस ल्याउनै नहुने अडानमा रहेपछि विवाद बढेको एक नेताले बताए।

गच्छदार भने जसरी पनि सरकारमा सहभागी भई मधेसी मोर्चालाई बाहिर धकेल्ने योजनामा रहेका छन्। सोही कारण कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच विवाद चर्किएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !