२४ बैशाख २०८१, सोमबार

टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याइन्छ


Rabindra Adhikari

३१ भदौ, लमही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दशैँ अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले दशैँ अगाडि नै सानो जहाज उडान हुने बताउनुभयो ।

सिधँै काठमाडौँदेखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौँबाट भैरहवा हुँदै दाङ हवाई सेवा सुचारु गर्न पहल थाल्नेसमेत उहाँले बताउनुभयो ।

मन्त्री अधिकारीले पटकपटक जहाज सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष भएको भन्दै इन्धन डिपो, धावनमार्ग स्तरोन्नति गर्नसमेत पहल थाल्ने बताउनुभयो ।

साथै मन्त्रीसहित मन्त्रालयबाट आएको प्राविधिक टोलीले एयरपोर्टको अवलोकन गरेको थियो । अहिले कालोपत्रे गरिएको धावनमार्ग ७५० मिटर मात्रै रहेको छ ।

विसं २०११ देखि सुचारु भएको उक्त एयरपोर्ट अनियमित हुँदै आएको छ । इन्धन डिपो नहुनु, धावनमार्ग सानो हुनुजस्ता कारणले जहाज नियमित हुन सकेको थिएन ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले समग्र दाङको विकास र समृद्धि टरिगाउँ एयरपोर्टसँग जोडिएकाले यसलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन पहल थाल्न अनुरोधसमेत गनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !