२४ बैशाख २०८१, सोमबार

कांग्रेस र माओवादीद्वारा प्रधानमन्त्रीलाई ३ बजेसम्मको अल्टिमेटम


Kp-Oli-Prachanda-Dauba

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले राजीनामा दिन आज ३ बजेसम्मको समय दिएको छ।

बुधबार संसद भवनबाट बाहिरिने क्रममा निवर्तमान शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले प्रधानमन्त्रीलाई राजीनामाका लागि हामीले तीन बजेसम्मको समय दिएको बताएका छन्।

‘हामीले प्रधानमन्त्रीलाई राजीनामाका लागि तीन बजेसम्मको समय दिएको छौ,’ उनले भने,‘ उहाँले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुहुन्छ भन्ने विश्वास छ। यदि राजीनामा दिनु भएन भने तत्कालै अविस्वासको प्रस्ताव दर्ता गराउँछौ।’

माओवादीले यदि तीन बजेसम्म पनि प्रधानमन्त्रीले राजीनामा नदिए सरकारले पेस गरेको बजेट पारित गर्न समर्थन नगर्ने भएको बताएको छ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नरहेको बताए।

प्रधानमन्त्री ओलीले राजीनामा नदिए बजेट पास गर्न समर्थन नजनाउने निर्णय यसअघिनै माओवादीले गरिसकेको छ। ‘माओवादीले समर्थन फिर्ता लिएसँगै वर्तमान सरकार अल्पमतमा परेको छ। हामीले समर्थन गरेर बजेत पारित हुँदैन। त्यसैले प्रधानमन्त्रीले राजीनामा नदिए बजेट पारितका लागि समर्थन गर्दैनौं,’ पोखरेलले भने।

ओलीले तीन बजेसम्म पनि राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने पनि माओवादी निर्णय भएको पोखरेलले बताए।

माओवादी ओली नेतृत्वको सरकारको प्रमुख सत्तासाझेदार दल हो। तर, मंगलबारमात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले माओवादीले समर्थन नगर्दा सरकारले पेस गरेको बजेट पारित गर्न बहुमत पुग्दैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !