२० बैशाख २०८१, बिहिबार

स्वच्छ, व्यावसायिक र जिम्मेवार पत्रकारिता अहिलेको आवश्यकताः मन्त्री कार्की


hikmatkarki

१९ साउन, बनियानी, झापा ।  प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले यो प्रदेशलाई मुलुककै सक्षम प्रदेश बनाइने बताउनुभएको छ ।

झापाको विर्तामोडबाट प्रकाशित इजलास दैनिकको प्रथम वार्षिकोत्सव कार्यक्रममा उहाँले भन्नुभयो, “यो प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउने योजनामा सरकार लागि परेको छ ।”

मन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण भएकाले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले केहि कार्यक्रम अघि सारेको उल्लेख गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं १ र अन्य जिल्लाका शाखा कार्यालय भवन निर्माणका लागि प्रदेश सरकारले योजना तथा कार्यक्रम अघि सारेको बताउनुभयो ।

सञ्चार क्षेत्र सम्मानित र व्यवस्थित हुनपर्छ, उहाँले भन्नुभयो, “स्वच्छ, व्यावसायिक र जिम्मेवार पत्रकारिता अहिलेको आवश्यकता हो, यसका लागि प्रदेश सरकार जस्तोसूकै सहयोग गर्न तयार छ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !