२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री र कांग्रेस नेताहरु बीच वार्ता हुँदै


Sambhidhan-Bhavan

असार १०, २०७३- कांग्रेसले भुकम्पपीडितलाई एकमुष्ट २ लाख रुपैयाँ दिने घोषणा गर्नुपर्ने भन्दै नयाँ सर्त राखेपछि भूकम्पपीडितलाई राहत र पुनर्स्थापनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिने कार्यतालिका केही ढिला हुने भएको छ ।

आफूसँग सहमति नगरी प्रधानमन्त्रीले सम्बोधन गरे पुनः अवरोध गर्ने जनाउ दिएपछि सम्बोधन ढिला हुने भएको हो । प्रधानमन्त्रीले अहिले कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेतासँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले बिहान ११ बजे सम्बोधन गर्ने तय भएको थियो । भूकम्पपछिको पुननिर्माण र पीडितहरुका बिषयमा प्रधानमन्त्रीले नै संसदमा जवाफ दिनुपर्ने अडान राख्दै कांग्रेसले संसद अवरुद्ध गरेपछि ओली सम्बोधनका लागि संसद भवन पुगेका थिए ।

तर सम्बोधनमा बोल्ने बिषयबस्तुकै बारेमा कांग्रेसले सर्त राखेपछि प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच संसद भवनमै वार्ता भइरहेको छ । २ लाख रुपैयाँ बैकमार्फंत् कामको प्रगतिको आधारमा पीडितहरुलाई उपलब्ध गराउने कार्यविधि छ ।

त्यसअनुसार राष्ट्रिय पुननिर्माण प्राधिकरणले पीडितहरुसंग अनुदान सम्झौता समेत गर्न थालिसकेको छ । तर त्यसरी किस्ताकिस्तामा पैसा दिंदा पीडितको समस्या समाधान नहुँने भन्दै कांग्रेसले एकमुष्ट दिनुपर्ने सर्त राखेको हो ।

बिहिबार संसद बैठक अवरुद्ध  गर्दा काग्रेस नेताहरुले प्रधानमन्त्रीको जवाफ मात्र खोजेका थिए ।  तर कांग्रेस नेताहले शुक्रबार जवाफमा उल्लेख गर्ने भाषा समेतको सर्त तेर्स्याएका हुन् । दुई दलबीच संसद भवनमा भएको वार्तामा कुरा मिले संसद बैठक सुचारु हुन्छ । नमिले आज पनि कांग्रेसले संसद अबरुद्ध गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !