२१ बैशाख २०८१, शुक्रबार

काँग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको आजको बैठक अबरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटको लागि स्थगित गरेका छन् ।

बैठकमा नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले आफ्नो पार्टीले लामो समय देखि सहकारी ठगीको बिषयमा कुरा उठाउँदै उक्त बिषयमा एउटा संसदीय छानबिन समिति मार्फत निष्पक्ष छानबिन हुनु पर्ने कुरा उठाउँदै आएको बताएका थिइन् ।

उनले पोखराको सूर्यदर्शन सहकारी सहित ६ वटा विभिन्न सहकारी मार्फत उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न गोर्खा मिडिया प्रा.लि.मा लगानी भएको तथ्य र प्रमाणहरुले देखिएको तथा सो रकम गैर कानूनी तरिकाले उक्त मिडियामा लगानी गरिएको दावी समेत गरिन् ।

आजै बसेको काँग्रेस संसदीय दलको निर्णयबारे सदनलाई जानकारी गराउँदै सचेतक थिङले गोर्खा मिडियामा प्रालिमा लाखौं जनताको अरबौं रुपियाँ सहकारीको पैसा लगानी भएको बिषयमा रवि लामिछाने संलग्न भएकाले अनुसन्धान नै रोकिनु पर्ने बिषयमा सरकारले जवाफ दिनु पर्छ कि पर्दैन ? भनी प्रश्न समेत गरेकी थिइन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको देखिएकाले एउटा संसदीय छानबिन समिति मार्फत छानबिन हुनु पर्ने काँग्रेसले उठाउँदै आएको माग ठिक भएकाले सभामुख मार्फत सरकारसँग संसदीय छानबिन समिति गठनको माग गर्दै सचेतक थिङले संसदीय छानबिन समिति गठन नभएसम्म सदनको कुनै पनि कामकारबाही अगाडि नबढाउन सभामुखसँग आग्रह गरेकी थिइन् ।

प्रतिनिधि सभाको आजको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तापक्षीय दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आशन ग्रहण नगरी उभिएर विरोध जनाएका थिए । दुबै दलका सांसदहरुले उभिएर विरोध जनाए पछि सभामुख घिमिरेले नेपाली काँग्रेसी सचेतक सुशिला थिङलाई बोल्न समय उपलब्ध गराएका थिए ।

काँग्रेकी सचेतक थिङले बोलिकसे पछि सभामुख घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिए पनि काँग्रेसका सांसदहरुको विरोधका कारण सांसद झाले भने बोल्न पाएनन् ।

बैठकमा सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले मुलुकमा आगजनी, समाजिक सद्भाव भट्किएको तथा जिल्ला–जिल्लामा कर्फ्फू लागेको अवस्थामा आफूले सदन सूचारु गर्ने प्रयाप्त कोशिशहरु गरिहेको जानकारी दिंदै सबैलाई आशन ग्रहण गरी सदन सुचारु गर्नको निम्ति पटक पटक आग्रह गरेका थिए ।

सभामुखको आग्रह पछि पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, सत्तापक्षीय दल नेकपा(एमाले) र रास्वपाका सांसदहरुले समेत उभिएर विरोध जनाइरहे पछि सभामुखले बैठक आजै १५ मिनेट पछि बस्ने गरी बैठक स्थगित गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !