२१ बैशाख २०८१, शुक्रबार

पूर्वलडाकु कालीबहादुर खाम पुर्पक्षका लागि थुनामा


कालीबहादुर खाम फाइल फोटो

काठमाडौं । जिल्ला अदालत चितवनले माओवादी पूर्वलडाकु कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी पूर्वकमाण्डर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतले आदेश दिएको हो ।

मंगलबार काठमाडौंबाट पक्राउ परेका खामलाई थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६४ सालमा श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पुर्याएर हत्या गरिएको खाममाथि आरोप छ ।

उनी शक्तिखोरस्थित माओवादीको तत्कालीन तेस्रो डिभिजनको कमान्डर थिए । उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !