२४ बैशाख २०८१, सोमबार

इलाम-२ मा माओवादीले उम्मेदवारी नदिने, एमालेका सुहाङलाई सघाउने


सुहाङ नेम्वाङ

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम-२ मा उम्मेदवारी नदिने भएको छ । माओवादी केन्द्रले इलाम-२ मा अर्को सत्ता साझेदार दल नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने भएको हो ।

माओवादीले इलाम–२ मा उमेदवार नउठाउने भएको उपमहासचिव तथा पार्टीका कोसी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले जानकारी दिए । त्यसबारे आफूले ‘सर्कुलर’ जारी गरिसकेको उनले बताए ।

यसअघि माओवादी केन्द्रले केन्द्रमा पदाधिकारी बैठकबाट आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपनि ‘ब्याक’ भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !