४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा


सुरेन्द्रराज पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । आज बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिएका हुन् ।

बुधबार बिहान मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्री पाण्डेले राजीनामा दिने निर्णय गरेका थिए । गत फागुन २३ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिएका हुन् ।

पाण्डेले यही २२ गतेभित्र गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुपर्ने भएतापनि विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने भनिएपनि ठूलो दलकाे हैसियतमा पुन मुख्यमन्त्री बन्ने रणनीति अपनाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !