२१ बैशाख २०८१, शुक्रबार

राज्य व्यवस्था समितिको बैठकमा सभापति र सांसदबीच चर्काचर्की


राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लामिछाने उपस्थित

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति रामहरि खतिवडा र सांसद पृथ्वीसुब्बा गुरुङबीच चर्काचर्की भएको छ । समितिको बैठकमा प्रष्ट एजेण्डा नतोकिएको भन्दै सांसद गुरुङले आपत्ति जनाएका हुन् ।

देशको शान्ति, सुरक्षा लगायत समामयिक विषयमा छलफल गर्ने भनेर बैठक बोलाइएपनि सहकारी पिडितको विषयमा नियतवश एजेण्डा छिराइएको भनेर आपत्ति जनाएका हुन् ।

समितिको बैठकमा रक्षामन्त्री हरि उप्रेती, गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षकलाई पनि उपस्थिति रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !